तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा कास्कीका रमेश गुरुङ
पाेखरा | फागुन २९, २०८०
पोखरा: तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा कास्कीका रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न भएको तमु धिं नेपाल केन्द्रिय युवा समिति अधिवेशनले रमेश गुरुङको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा निर्वाचित गुरुङ कास्कीको अन्नपूर्ण गाउँपालिका–९ का वडाध्यक्ष समेत हुन् ।
समितिको उपाध्यक्षहरुमा सुदर्शन गुरुङ, अमृत गुरुङ र सपना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, सहसचिवमा हेमन्त गुरुङ र शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा विराज गुरुङ चयन भएका छन् ।
युवा साँस्कृतिक विभाग संयोजकमा सुमिना गुरुङ, सहसंयोजकमा रोहित गुरुङ, युवा प्रशिक्षण विभाग संयोजकमा मोनिका गुरुङ, सहसंयोजकमा मनिक गुरुङ, युवा खेलकुद विभाग संयोजकमा चोकबहादुर गुरुङ र सहसंयोजकमा दिपेन्द्र गुरुङ, युवा सुरक्षा विभाग संयोजकमा विकास गुरुङ, सहसंयोजकमा अरुण गुरुङ चयन भएका छन् ।
यस्तै केन्द्रिय सदस्यहरुमा महादेव(राकेश) गुरुङ,निष्मा गुरुङ, आकृति गुरुङ, टोनिस गुरुङ, निश्चल गुरुङ, सुमित्रा गुरुङ, सुहाना गुरुङ, सौगात गुरुङ, खड्गबहादुर गुरुङ, क्षेत्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, विजय गुरुङ, निराजन गुरुङ, नबिन गुरुङ, अमन गुरुङ, प्रदिप घले, कृष्ण गुरुङ, दिपक गुरुङ चयन भएका छन् ।
युवा समिति गठन एवम जिम्मेवारी बाँडफाँडका लागि तमु धिं नेपालका केन्द्रिय सदस्यहरु कृष्णकुमार गुरुङ र सुरेन्द्र गुरुङले समन्वयका लागि भुमिका निर्वाह गरेका थिए ।
नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले तमु युवा, समुदाय, संस्थाका लागि युवा समितिको तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मी प्रसाद गुरुङ, समन्वयकर्ता कृष्णकुमार गुरुङले बधाई र शुभकामना व्यक्त गरे ।
तमु धिं नेपालका प्रथम उपाध्यक्ष गीमाया गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, अतिथि दिलबहादुर गुरुङ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ लगायत केन्द्रिय पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समाजका अध्यक्षहरुले बधाई ज्ञापन गरे ।
उक्त अवसरमा युवा समितिको माइन्युट तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले नवनिर्वाचित सचिव रामप्रसादलाई हस्तान्तरण गरिन् ।
नवनिर्वाचित युवा समितिको कोषका लागि तमु धिं नेपालले ५१ हजार रुपैयाँ, संरक्षक परिषद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले ५१ हजार, दिलबहादुर गुरुङले ५१ हजार गरी १ लाख ५३ हजार रुपैया सहयोग गरिएको थियो ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

